बेनीमा माटोको ढिस्कोले पुरिदा निर्माण व्यवसायी बरुवालको मृत्यु

म्याग्दी | मंसिर २१, २०७९

बेनीमा माटोको ढिस्कोले पुरिदा निर्माण व्यवसायी बरुवालको मृत्यु

बेनी:  बेनीमा बुधबार माटोको ढिस्कोले पुरिbf एक निर्माण व्यवसायीको मृत्यु भएको छ। 


बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। 


स्थानीयवासी र प्रहरीले डोजरको सहायताले ढिस्को पन्छाएर उद्धार गरी बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेका थिए । बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुन् ।  


ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल थिए । बरुवाल नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालका वडा नम्बर ६ को वडा इकाई समिति सभापतिसमेत थिए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्